दिल्लीमा स्विस एयरलाइन्स विमान इन्जिनमा आगलागी, ठूलो दुर्घटना टर्यो
भारतको दिल्ली विमानस्थलमा स्विस एयरलाइन्सको विमान उडानका क्रममा इन्जिनमा आगलागी भएपछि ठूलो दुर्घटना टरेको छ ।
अधिकारीहरूका अनुसार धावनमार्गमा आपत्कालीन स्लाइड प्रयोग गरेर सबै यात्रुलाई बाहिर निकालिएको थियो। यस क्रममा ६ यात्रु घाइते भएका छन्।
विमान स्विट्जरल्यान्डको जुरिच जानुपर्ने थियो। स्विस एयरको उक्त विमानमा जम्मा २३२ यात्रु र १३ जना चालक दलका सदस्य थिए।
