उनले लेखेका छन्, ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नै पर्छ । कुविद्वानहरुले किचकिच नगरौँ । मैले धेरै वर्षदेखि जनताहरूलाई फाइदा हुने कामहरू गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्झाउँदा धेरै दुख पाएको भुक्तभोगी हुँ म । जेन-जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरू ऐन कानुन देखाएर नै कर्मचारीहरूले अगाडी बढाउन दिएनन् । साथै मैले ल्याउन खोजेको तीन वटा अध्यादेशहरू ल्याउन धेरै प्रयासका बाबजुद पनि सफल हुन दिएनन् । अनि चुनाव लडेर सांसद भएको हो नि । कुरा बुझ्नु भो ?’
