नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावमा पराजय हुँदैमा चिन्ता लिएर बस्नु नहुने बताएका छन् । यो चुनाव हारे पनि अर्को चुनावमा कांग्रेसले कमब्याक गर्ने उनको भनाइ छ ।
थापाले आज एक कार्यक्रममा बोल्दै चुनाव हार्दैमा पार्टी नसकिने टिप्पणी गरे । आफूलाई धेरैले भेट्दा बर्बाद भयो, सकियो भन्दै चिन्ता जताउने गरेको गुनासो उनले पोखे ।
थापाका अनुसार उनले आफ्नो स्वास्थ्य समस्याका कारण मिहिनेत गरेर १०/१२ किलो तौल घटाएका थिए । तर सबैले चुनावमा हारेको चिन्ता गरेर दुब्लाएको भन्दै विरक्त मानेको सुनाए ।
