काठमाडौं — सरकारले विद्यालय क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै संघ र स्थानीय तहबीच समन्वय प्रक्रिया सुरु गरेको छ।
शिक्षा मन्त्रालय ले विशेषगरी विद्यार्थी भर्ना, शुल्क निर्धारण तथा निजी विद्यालयसँग सम्बन्धित विवाद समाधानका विषयमा स्थानीय सरकारहरूसँग सक्रिय छलफल अघि बढाएको जनाएको छ।
यसैक्रममा काठमाडौँ उपत्यका का महानगरपालिकाका प्रमुखहरू र संघीय सरकारका उच्च अधिकारीहरूबीच वार्षिक शैक्षिक क्यालेन्डर निर्माण तथा समग्र शैक्षिक रणनीति तय गर्न संयुक्त बैठक आयोजना गरिने तयारी गरिएको छ।
सरकारले शिक्षा क्षेत्रमा देखिएका असमानता, शुल्क सम्बन्धी विवाद तथा व्यवस्थापन कमजोरी समाधान गर्न तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। स्थानीय तहको भूमिकालाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको बताइएको छ।
