जनध्वनि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane ले उद्योगी तथा व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई देशमा नीति सुधार र सुशासन कायम गर्ने रहेको स्पष्ट पारेका छन्।
लामिछानेले उद्योगी व्यवसायीहरूलाई सरकारको सुशासन अभियानमा सक्रिय रूपमा साथ दिन र सहकार्य गर्न आह्वान गर्दै आर्थिक वातावरणलाई स्थिर र विश्वासिलो बनाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
