फिल्म ‘आबाट आमा २’ को छायांकन सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। छायांकनको शुभारम्भ ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा पूजा–अर्चना गर्दै गरिएको हो।
निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको पटकथा पुस्तकलाई विधिपूर्वक पूजा गरेर छायांकन थालिएको हो। यो फिल्म २०८२ सालमा रिलिज भएको हिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखला हो।
फिल्ममा अघिल्लो भागका कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत र गजित विष्ट दोहोरिएका छन्। यसपटक आकाश श्रेष्ठ र नरेन खड्का नयाँ कलाकारका रूपमा जोडिएका छन्।
फिल्मलाई आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने योजना रहेको छ।
