काठमाडौंमा खोलाकिनारका अव्यवस्थित सुकुमवासी बस्तीहरूमा सरकारले धमाधम डोजर चलाउँदै हटाउने अभियान तीव्र पारेको छ। यस कार्यले विस्थापितहरूमा चिन्ता बढेको छ भने सरकारको कदमलाई लिएर बहस पनि चुलिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको घर ऐलानी जग्गामा बनेको भन्ने विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसलाई लिएर व्यापक ट्रोल र व्यंग्य भइरहेको छ।
भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक उदयराज सोतीका अनुसार ऐलानी जग्गा दर्ता नभएको सरकारी स्वामित्वको भूमि हो, जसमा व्यक्तिगत रूपमा कानूनी स्वामित्व दाबी गर्न मिल्दैन।
