काठमाडौं — जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छाको हिरासत अवधि थप्ने माग अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले पक्राउ अनुमतिको म्याद नथप्ने स्पष्ट आदेश दिएको हो।
यस निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अब उनलाई हिरासतमा नराखी स्वतन्त्र अवस्थामै अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ।
