जनध्वनि
नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारलाई जनअपेक्षा र लोकतान्त्रिक मूल्य–मान्यताप्रति गम्भीर हुन सचेत गराउनुभएको छ।
माईतीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले सरकारको सामर्थ्य र बहुमतको सम्मान गर्न आग्रह गर्दै नागरिकलाई त्रसित बनाउने शैली अपनाइएमा अन्ततः सरकार आफैं असफल हुने चेतावनी दिनुभयो।
उहाँले आफ्नो सम्बोधनमा सरकारका कामकारबाही र नीतिगत त्रुटिहरूलाई सात बुँदामा समेट्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो। भुसालले नेपालमा राजनीतिक अस्थिरता र निरंकुशता लामो समयदेखि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार लोकतान्त्रिक मूल्यको संरक्षण, पारदर्शी शासन र जनअपेक्षाअनुसार नीति निर्माण नगरेमा देशले थप जटिल अवस्था सामना गर्नुपर्ने अवस्था आउन सक्छ।
