जनध्वनि
काठमाडौं — कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
घटनामा गम्भीर घाइते भएका घिमिरेलाई तत्काल कीर्तिपुर अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र पक्राउका लागि तीव्र खोजी भइरहेको छ।
घटनापछि क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
