सिन्धुलीको दुधौली नगरपालिका-१ राँगेस्थित मदन-भण्डारी राजमार्गमा जन्ती बोकेको एउटा पिकअप जिप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।
फिक्कलबाट गाईघाटतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८२०२ नम्बरको पिकअप जिप मोडमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खेतमा खसेर दुर्घटना भएको हो।
घाइतेहरूको नामावली
१. योग बहादुर खत्री (४५ वर्ष) – फिक्कल गा.पा.-१
२. लाल बहादुर बि.क. (६० वर्ष) – फिक्कल गा.पा.-१
३. सोमबार नेपाली (४० वर्ष) – फिक्कल गा.पा.-१
४. साने बि.क. (६० वर्ष) – फिक्कल गा.पा.-१
५. श्याम दुराल (२१ वर्ष) – तिनपाटन गा.पा.-१०
प्रहरीले दुर्घटनामा संलग्न जिपका चालक सिन्धुली, फिक्कल गाउँपालिका-१ बस्ने २९ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको छ
