नारायणगढ–मुग्लिन सडक अन्तर्गत तुइनखोला क्षेत्रमा सुक्खा पहिरो खस्दा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिन का प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंह का अनुसार पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
हाल सडक डिभिजन कार्यालय सँगको समन्वयमा प्रहरी टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।
