दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक विषयमा छलफल गरिनेछ ।
यस्तै, दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
