दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ। नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत १२ किलोमिटर ट्रयाक पूरा भएपछि शुक्रबारदेखि जिप सञ्चालनमा आएको हो।
पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। अब दैनिक उपभोग्य सामान ढुवानी, बिरामी ओसारपसार र शिक्षा–सेवामा सहज हुने अपेक्षा गरिएको छ।
नेपाली सेनाका अनुसार कुल ७९ किलोमिटरमध्ये हालसम्म २२.१५ किलोमिटर ट्रयाक खोलिएको छ। बाँकी क्षेत्रमा काम जारी छ।
विकट हिमाली क्षेत्र जोडिने यस सडकले व्यास क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।
