गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। ईस्मा गाउँपालिका–६ साहुघरका ४५ वर्षीय थमन बहादुर कुमालले आफ्नी ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी एमी कुमाललाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनापछि आरोपी श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।
