काठमाडौँ । सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले संसद्मा प्रयोग गरेका दुई विवादित अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
पराजुलीले बोलेका ‘भौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरू असंसदीय मान्दै सभामुखले ती अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन आदेश दिएका हुन्।
सभामुख अर्यालले संसद्मा बोल्दा सबै सांसदहरूले संसदीय मर्यादा र शिष्ट भाषा प्रयोग गर्नुपर्नेमा
