काठमाडौँ । नेकपा एमालेले सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको हो भन्दै सभामुखमार्फत प्रश्न उठाएको छ।
प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संविधानको धारा ७४ अनुसार बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था लागू गरिएको हो कि होइन भन्ने प्रश्न गरेका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले लोकतान्त्रिक अभ्यासभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको हो कि भन्ने चर्चा चल्न थालेको टिप्पणी गरे। संसद्प्रति सरकारको व्यवहार र प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर उनले चिन्ता व्यक्त गरे।
महरले संसद्को उपेक्षा लोकतान्त्रिक प्रणालीका लागि राम्रो संकेत नभएको भन्दै सरकार संवैधानिक दायित्वप्रति जिम्मेवार हुनुपर्ने बताए।
