जनध्वनि
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन र औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने जस्ता महत्वाकांक्षी लक्ष्यका लागि ठोस आधार स्पष्ट नभएको टिप्पणी गरे।
सचेतक दुलालले वन तथा खनिज सम्पदाको प्रभावकारी उपयोग, वन्यजन्तुबाट हुने क्षतिको उचित क्षतिपूर्ति तथा प्रदेश प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राख्नुपर्ने माग गरे।
उनले नीति तथा कार्यक्रम कार्यान्वयनमुखी र व्यवहारिक हुनुपर्नेमा जोड दिँदै योजनाहरू कागजमै सीमित हुन नहुने बताए।
