दक्षिण भारतीय सुपरस्टार Rajinikanth को आगामी फिल्म Jailer 2 को सेटमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ।
मृतकको पहिचान २८ वर्षीय कार्तिकेयनको रूपमा गरिएको छ। उनी फिल्मको कला निर्देशन विभागमा कार्यरत थिए। छायाङ्कनको क्रममा करेन्ट लागेपछि उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
निर्माण कम्पनी Sun Pictures ले केही दिनअघि मात्रै फिल्मको छायाङ्कन सम्पन्न भएको घोषणा गरेको थियो। घटनापछि फिल्म उद्योगमा शोकको वातावरण बनेको छ।
