काठमाडौँ । घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) द्वारा उत्पादित चिज उपभोग गरेको तस्बिर सार्वजनिक भएको छ।
सार्वजनिक तस्बिरमा प्रधानमन्त्री शाहलाई डीडीसीको चिज खाँदै देखिएको छ, जसलाई स्वदेशी उत्पादनको प्रवर्द्धनतर्फ सकारात्मक सन्देशका रूपमा लिइएको छ।
सरकारले पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादनको उपयोग बढाउने र आयात प्रतिस्थापन गर्ने नीति अघि सारेको सन्दर्भमा प्रधानमन्त्रीको यो कदमलाई घरेलु उद्योगप्रतिको समर्थनको रूपमा हेरिएको छ।
सामाजिक सञ्जालमा पनि उक्त तस्बिर सार्वजनिक भएसँगै विभिन्न प्रतिक्रिया आएका छन्। धेरै प्रयोगकर्ताले यसलाई “मेक इन नेपाल” अभियानलाई प्रोत्साहन दिने संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले यस्तो प्रतीकात्मक गतिविधिले मात्र नभई ठोस नीतिगत सुधार आवश्यक रहेको टिप्पणी गरेका छन्।
सरकारले आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिने र कृषक तथा दुग्ध उत्पादकलाई थप सहुलियत दिने तयारी गरेको बताइएको छ
