काठमाडौं । नगर प्रहरीका सहायक निरीक्षक खड्क बुढाले ११ लाख ३५ हजार रुपैयाँ श्रीमतीलाई पठाउन गाडी चालक मुकेश विकलाई दिएका थिए ।
तर चालक मुकेशले केही व्यक्तिहरूले गाडी अपहरण गरी रकम लुटपाट गरेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा भने उक्त लुटपाटको योजनाकार स्वयं चालक मुकेश विक नै रहेको खुल्न आएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
