काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १३ लाख सब्सक्राइबर रहेको युट्युब च्यानलमा ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत देखिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।
कतिपयले प्रधानमन्त्रीकै च्यानलबाट राजतन्त्र पक्षधर गीत अपलोड भएको भन्दै प्रश्न उठाएका छन् भने केहीले च्यानल ह्याक भएको आशंका गरेका छन् ।
तर वास्तविकता भने फरक रहेको बताइएको छ । बालेनको युट्युब च्यानल ‘Official Artist Channel’ भएकाले युट्युबको स्वचालित प्रणालीमार्फत विभिन्न डिजिटल प्लेटफर्मबाट रिलिज भएका गीतहरू स्वतः ‘Releases’ ट्याबमा देखिने गरेका हुन् ।
युट्युब म्युजिकसँग सिंक हुने यस्तो प्रणालीमा बालेनलाई मेन्सन गरिएका एआई गीत वा अन्य अडियो ट्र्याकहरू पनि स्वतः च्यानलमा देखिने गर्छन् । यही कारण ‘ज्ञानेन्द्र राजा’ बोलको गीतसहित अन्य असम्बन्धित गीतहरू पनि बालेनको च्यानलमा देखिएको स्पष्ट पारिएको छ ।
