बाराको निजगढमा सोमबार साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा खस्दा एक जनाको ज्या’न गएको छ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय ‘साइला’ भनिने देवबहादुर अर्याल रहेका छन्। सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल सामुदायिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उक्त घटनामा ट्याक्टरमा सवार ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चालक बुद्धमान बल भने सकुशल रहेका छन्।
घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकको शव हाल निजगढ सामुदायिक अस्पतालमा राखिएको छ।
⚠️ प्राकृतिक विपद्का बेला सावधानी अपनाऔं।
