गुवाहाटी । भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थलमा शनिबार अवतरणका क्रममा भारतीय वायुसेनाको एक मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक कोपाइलट घाइते भएका छन्।
वायुसेनाका अनुसार अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको थियो र विमान दुई टुक्रामा विभाजित भएको थियो। दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलमको मृत्यु भएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले भारतीय वायुसेनाले विस्तृत छानबिनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको जनाएको छ।
