काठमाडौं । फेसबुक र टिकटकमा ‘साकिर मोबाइल’ नामक अकाउन्टमार्फत ६५ हजार रुपैयाँमै आईफोन–१५ प्रो म्याक्स दिने भन्दै विज्ञापन गरेर करिब २ सय जनालाई ठगी गरिएको खुलेको छ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दिलीप तामाङ र आशुतोष ओलीलाई पक्राउ गरेको छ। उनीहरूले भिडियो सम्पादन गरेर आकर्षक विज्ञापन बनाउने, क्रिप्टो कारोबार र सट्टेबाजीमा प्रयोग हुने क्यूआर कोडमार्फत रकम उठाउने गरेको अनुसन्धानबाट खुलेको छ।
ठगीबाट संकलित रकम खर्च गरिसकेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।
