काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले पर्साबाट १ सय किलो गाँजा बरामद गरेको छ।
जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा कसको हो र कुन प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।
