सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको बयान सुरु भएको छ ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो । शुक्रबार भट्टको बयान पूरा नभएपछि सोमबार पुनः बयानलाई निरन्तरता दिइएको हो । बयान सकिएमा आजै थुनछेक बहस हुने छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरसहितलाई प्रतिवादी कायम गरेको छ । सन्दीप चाचन अग्रवाल ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ का अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए ।
मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरणबापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४र७५ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनर्मूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ रुपैयाँ सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ ।

त्यस्तै, इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७र७८ मा थप ४५ करोड रुपैयाँ पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आर्थिक वर्ष २०७९र८० मा पनि ९ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैंकिङ कसुरमार्फत प्राप्त रकमबाट वृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ ।