गाजामा मानवीय सहायता पुर्याउन गएका अभियन्तामाथि इजरायली सुरक्षाकर्मीले बलात्कार, यातना र दुर्व्यवहार गरेको आरोपबारे अस्ट्रेलियाली संघीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मे महिनामा गाजातर्फ जाँदै गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’का चार महिला कार्यकर्ताले अस्ट्रेलियाली विदेशमन्त्री र प्रहरी अधिकारीहरूसँग भेट गरी आरोपबारे जानकारी गराएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
अस्ट्रेलियाली विदेशमन्त्री Penny Wongले यी आरोपहरू इजरायली पक्षसमक्ष पटक–पटक उठाइसकेको बताउँदै घटनाबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान हुनुपर्ने अपेक्षा व्यक्त गरेकी छन्।
