काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले ‘देश बनाउने’ भनेर घोषणा गरिएको प्रधानमन्त्रीको टिममा अर्थमन्त्री स्वर्णिम वाग्ले नै नपर्नुले बजेटप्रति प्रधानमन्त्री स्वयं विश्वस्त नरहेको देखिएको दाबी गरे।
उनले अर्थमन्त्री वाग्लेले बजेटको न्यायोचित वितरण नगरी आफ्नै क्षेत्र र जिल्लामा बढी बजेट केन्द्रित गरेको आरोप लगाउँदै दुर्गम तथा पछाडि परेका क्षेत्रलाई उपेक्षा गरिएको बताए। महरले शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई बजेटमा पर्याप्त प्राथमिकता नदिइएको समेत टिप्पणी गरे।
