सुर्खेत । सुर्खेतमा ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी छन्।
घरबाट निस्किएकी कसेरा भान्जीको घरमा नपुगेपछि आफन्तहरूले खोजी गरेका थिए। खोजीका क्रममा उनको शव भेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
