काठमाडौं । सांसद पर्शुराम तामाङले अर्थ मन्त्रालयको संरचना सुधार गर्नुपर्ने, एमसीसीको बजेट १ रुपैयाँमा झार्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र विद्युत्मा लगाइएको कर फिर्ता लिनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले बजेट वक्तव्य र विनियोजन पुस्तिकाहरू अध्ययन गर्न सांसदहरूलाई पर्याप्त समय नदिइएको भन्दै आपत्ति जनाए।
तामाङले मातृभाषासम्बन्धी कार्यक्रमको बजेट कटौती गरिएको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई शून्य बजेट विनियोजन गरिएको भन्दै सरकारको आलोचना पनि गरेका छन्।
