विश्वकप २०२६ को सह–आयोजक राष्ट्र अमेरिकाले इरानी राष्ट्रिय फुटबल टोलीमाथि कडा यात्रा नियम लागू गरेको छ। अमेरिकी अधिकारीहरूले इरानी टोलीलाई खेल सकिएको केही घण्टाभित्रै अमेरिका छाड्नुपर्ने निर्देशन दिएको पुष्टि गरेका छन्।
नयाँ व्यवस्थाअनुसार इरानका खेलाडी र टोलीका सदस्यहरूले खेलपछि अमेरिकामै बस्न वा आराम गर्न पाउने छैनन्। खेल समाप्त भएलगत्तै उनीहरूलाई अर्को गन्तव्यतर्फ प्रस्थान गर्नुपर्नेछ।
इरानका मुख्य प्रशिक्षक र खेलाडीहरूले उक्त निर्णयको आलोचना गरेका छन्। उनीहरूले खेलाडीहरूको शारीरिक तन्दुरुस्ती, पुनःस्थापना र आरामका लागि कम्तीमा एक रात क्यालिफोर्नियामै बस्न पाउने व्यवस्था हुनुपर्ने बताएका छन्।
विश्वकपअघि लागू गरिएको यो नियमले खेल व्यवस्थापन र खेलाडीहरूको तयारीमा असर पार्न सक्ने भन्दै खेलवृत्तमा समेत चासो व्यक्त गरिएको छ।
