काठमाडौं । अमेरिकी प्रविधि कम्पनी डेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल डेलले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासलाई ७५० मिलियन अमेरिकी डलर दान गरेका छन्।
हालैका वर्षहरूमा निजी क्षेत्रबाट उच्च शिक्षामा गरिएको यो सबैभन्दा ठूलो दानमध्ये एक मानिएको छ। विश्वविद्यालयका अनुसार उक्त रकम शैक्षिक विकास, अनुसन्धान तथा विद्यार्थी सहायता कार्यक्रम सुदृढ बनाउन प्रयोग गरिनेछ।
माइकल डेल सन् १९८३ मा युनिभर्सिटी अफ टेक्सासमा अध्ययनरत रहँदा कम्प्युटर व्यवसायमा लागेका थिए। उनले १९८४ मा विश्वविद्यालय छोडेर डेल कम्पनी स्थापना गरेका थिए।
