नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरूले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै महरले रुलिङको माग गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था रहेको महरको भनाइ छ ।
उनले सरकार अझै बढी जिम्मेवार भएर प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नुपर्ने धारणा राखे ।
