स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९३ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकरण भएको हो ।
जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको सेयर रहेको छ । कम्पनीको सेयर शुक्रबारदेखि कारोबारमा आउने भएको छ ।
आरटीएस सेवा सानिमा क्यापिटलले प्रदान गर्नेछ । नेप्सेले कम्पनीको कोड नाम एसएनओआरएल दिएको छ । पहिलो कारोबार न्यूनतम १ सय र अधिकतम ३ सय रुपैयाँबाट सुरु हुनेछ ।
