लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ‘जेन्जी’ आन्दोलनका क्रममा लुटिएको पेस्तोलसहित दुई जनालाई काठमाडौंको शंखरापुरबाट पक्राउ गरेको छ।
शंखरापुर नगरपालिका वडा नं. ५ स्थित प्रसिद्ध शालिनदी क्षेत्रबाट उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूको साथबाट आन्दोलनका क्रममा हराएको भनिएको पेस्तोल बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
