नेपाल सरकार, गृह मन्त्रालय (बढुवा समितिको सचिवालय) ले सशस्त्र प्रहरी सेवाका ७ जना सशस्त्र प्रहरी उपरीक्षक (SP) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
समितिको मिति २०८३ वैशाख ११ गते बसेको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम रिक्त ७ पदमा जेष्ठता कायम हुने गरी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
