काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सुकुमवासीको अवस्था बुझ्न कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्गमा पुग्यो। शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाएर नागार्जुन र कीर्तिपुरका सत्सङ्ग भवनमा राखिएको थियो। आयोगले २०६९ सालमा सरकारलाई निर्देशन दिँदै वास्तविक सुकुमवासीको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाइसकेपछि मात्र हटाउने निर्णय लिनुपर्ने स्पष्ट पारेको छ।
