काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनः एक अध्यादेश जारी गरेका छन्। शुक्रबार उनले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।
उक्त अध्यादेश मार्फत सरकारले मनी लाउन्डरिङ्ग सम्बन्धी कानुनलाई थप कडाइ तथा परिमार्जन गर्ने उद्देश्य लिएको बताइएको छ। यस संशोधनले अवैध आम्दानीलाई वैधानिक बनाउने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले वित्तीय अनुशासन कायम राख्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी व्यवस्था सुधार गर्न तथा आर्थिक पारदर्शिता बढाउन यस्तो कदम चालेको हो। अध्यादेश जारी भएसँगै यससम्बन्धी कानुनी प्रावधानहरू तत्काल कार्यान्वयनमा आउनेछन्।
यसअघि पनि सरकारले विभिन्न कानुनहरू संशोधन गर्न अध्यादेशमार्फत पहल गर्दै आएको छ।
