काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि वातावरण व्यवस्थापन विभागले स्थलगत जाँच अभियान सुरु गरेको छ।
बुधबार काठमाडौंको बबरमहल क्षेत्रमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण स्तर परीक्षण गरिएको विभागले जनाएको छ। यो अभियान काठमाडौं महानगरपालिकाको संयोजनमा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो।
स्थलगत जाँचका क्रममा सवारीसाधनबाट निस्कने धुवाँको स्तर मापनसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको छ।
विभागका अनुसार उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रण र वातावरणीय सन्तुलन कायम गर्न यस्ता नियमित अनुगमनलाई अझ प्रभावकारी बनाइनेछ।
