वासिङ्टन । डोनाल्ड ट्रम्प ले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहपछि इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको बताएका छन् ।
ट्रम्पका अनुसार उनले अमेरिकी रक्षामन्त्री पिट हेगसेथ तथा ज्वाइन्ट चिफ अफ स्टाफका चेयरम्यान डेनियल केन लाई आक्रमण रोक्न निर्देशन दिएका हुन् ।
यद्यपि ट्रम्पले इरानसँग स्वीकार्य सम्झौता नभए तत्काल सैन्य कारबाहीका लागि तयार रहन सेना नेतृत्वलाई निर्देशन दिएको पनि बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो सर्वेक्षणमा अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्धलाई गलत निर्णयका रूपमा लिएको देखिएको छ ।
मध्यपूर्वमा बढ्दो तनावबीच ट्रम्पको यो निर्णयलाई कूटनीतिक दबाब र क्षेत्रीय स्थायित्वसँग जोडेर हेरिएको छ ।
