काठमाडौँ । गोरखापत्र संस्थान को रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय ले प्रतिस्पर्धात्मक माध्यमबाट संस्थानको नेतृत्व चयन गर्न योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिले आगामी २०८३ जेठ १८ गतेभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ । यस सम्बन्धी योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रियाको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
