काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।
रास्वपाका अनुसार लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भ्रमण टोलीमा रहनेछन् । उनीहरू जेठ १९ र २० गते नयाँदिल्ली जाने तयारीमा छन् ।
स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर लगायतसँग भेटवार्ताको तयारी भइरहेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएको तथा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टुंगो नलागेका बेला रास्वपा नेतृत्वको यो भ्रमणलाई राजनीतिक र कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
