काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर दबाब दिएको आरोप लगाउँदै आपत्ति जनाएको छ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख र अन्य पदाधिकारीहरूलाई पक्राउ पुर्जी जारी गर्न बाध्य पारेको आरोप लगाए।
उक्त घटनाको सत्यतथ्य छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि सांसद केरुङले गरेका छन्।
