राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।
बैठकमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने एजेन्डाहरूमाथि छलफल प्रारम्भ भएको बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, केन्द्रीय महाधिवेशनको तालिका, सक्रिय सदस्यता वितरण नियमावली–२०८३, साङ्गठनिक तह निर्वाचन सम्बन्धी नियमावली, निर्वाचन कार्यतालिका, निर्वाचन निर्देशिका–२०८३ माथि छलफल हुने बताइएको छ ।
