काठमाडौं । उदयपुरमा स्कुलका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित सडकमा दुर्घटनामा परेको हो।
दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका निवासी बिमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ३० जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
