जापान मा सुदूरपश्चिमेली देउडाको मिठास, ‘तेरा जसा बैशॅं’ छिट्टै सार्वजनिक हुँदै
दिपक न्यौपाने
जापान टोकियो।
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा नयाँ देउडा गीत ‘तेरा जसा बैशॅं’ को भिडियो सुटिङ सम्पन्न भएको छ। प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र देउडा संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त गीत तयार गरिएको हो।
जापानमा रहेर विभिन्न व्यस्तताका बाबजुद गीत तथा भिडियो निर्माणमा सक्दो मेहनत गरिएको निर्माण पक्षले जनाएको छ। प्रवासमा बसेर पनि नेपाली संस्कृति र मौलिकतालाई निरन्तरता दिने प्रयासस्वरूप गीत तयार गरिएको भन्दै निर्माण पक्षले दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया र मायाको अपेक्षा गरेको छ।
‘तेरा जसा बैशॅं’ मा रेश बिसि र रेखा जोशीको स्वर रहेको छ भने शब्द तथा लय रेश बिसिको रहेको छ। गीतमा किष्ण बाजुरलीको एरेन्ज तथा द म्युजिक एरा मा रेकर्डिङ गरिएको छ।
गीतको भिडियोमा कृष्ण भण्डारी, रिवन्या बोहरा र निर्मल खड्काको अभिनय रहेको छ। भिडियोको निर्देशन कृष्ण भण्डारीले गरेका छन् भने क्यामेरामा पारस गौतम, फोटोग्राफीमा सन्तोष खत्री, लाइटमा मनोज र मेकअपमा संगिता सिंह ठकुरीले योगदान दिएका छन्।
गीतको प्रचार–प्रसारमा मिडिया पार्टनर सुमन बानिया र दिपक न्यौपाने रहेका छन्। निर्माण पक्षले भिडियो निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
देउडा गीत ‘तेरा जसा बैशॅं’ को अडियो तथा भिडियो Krish Bhandari YouTube Channel मार्फत छिट्टै सार्वजनिक हुने जनाइएको छ।
