सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनि
टोकियो, जापान — प्रवासमा रहेर पनि नेपाली मौलिक भाषा, संस्कृति र देउडा सङ्गीतको संरक्षण गर्ने उद्देश्यका साथ सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा तयार पारिएको नयाँ देउडा गीत “तेरा जसा बैशं” औपचारिक रूपमा सार्वजनिक भएको छ। परदेशको व्यस्तताका बाबजुद मौलिक संस्कृतिलाई जीवन्त राख्ने प्रयासस्वरूप तयार पारिएको यो सांगीतिक कोसेली युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।
गायक रेश बिसी र चर्चित गायिका रेखा जोशीको स्वर रहेको यस गीतमा शब्द तथा लय स्वयं रेश बिसीकै रहेको छ। कृष्ण बाजुरलीको एरेन्ज र ‘द म्युजिक ऐरा’ मा रेकर्डिङ गरिएको यस गीतको भिडियोमा कृष्ण भण्डारी, रिवन्या बोहरा र निर्मल खड्काको मुख्य अभिनय रहेको छ।
पारस गौतमको क्यामेरा, सन्तोष खत्रीको फोटोग्राफी, मनोजको लाइट र संगीता सिंह ठकुरीको मेकअप रहेको यस भिडियोको निर्देशन कृष्ण भण्डारीले गरेका हुन्। सुमन बानियाँ र दीपक न्यौपाने मिडिया पार्टनरका रूपमा रहेको यस परियोजनाको अडियो तथा भिडियो ‘Krish Bhandari’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रवासमा बसेर पनि सुदूरपश्चिमको मौलिकता जोगाउन गरिएको यो प्रयासलाई सम्पूर्ण दर्शक तथा श्रोताले हेरेर, लाइक, कमेन्ट र सेयर गरी सकारात्मक रूपमा स्वीकार गरिदिनेमा निर्माण पक्ष आशावादी रहेको छ।
