काठमाडौँ । दोस्रो विश्वयुद्धपछि पहिलो पटक विश्वले गम्भीर सुरक्षा चुनौती सामना गरिरहेको विश्लेषण गरिएको छ। हाल विश्वका ६५ स्थानमा एकैपटक द्वन्द्व चर्किएको छ भने सन् २०२५ मा मात्रै द्वन्द्व र राजनीतिक हिंसाका कारण करिब २ लाख ४५ हजार मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ।
सुरक्षा तथा भूराजनीति विज्ञहरूले वर्तमान विश्व व्यवस्था अमेरिका र चीनबीचको बढ्दो प्रतिस्पर्धाले प्रभावित भइरहेको बताएका छन्। आर्थिक, प्राविधिक र सैन्य शक्तिका आधारमा दुवै देशबीचको प्रतिस्पर्धाको केन्द्र अहिले एसिया–प्यासिफिक क्षेत्र बनेको छ।
विश्लेषकहरूका अनुसार दक्षिण एसियामा चीनको मुख्य चासो भारत तथा साना राष्ट्रहरूसँग अमेरिकाको सम्बन्ध कस्तो रहन्छ भन्नेमा केन्द्रित छ। यस क्षेत्रमा भारत, चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धाले आगामी दिनमा भूराजनीतिक समीकरणलाई थप जटिल बनाउने देखिएको छ।
