फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा ब्राजिलले हैटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
फिलाडेल्फियामा भएको खेलमा माथेउस कुञ्हाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे। ब्राजिलले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिल यो जितसँगै चार अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा पुगेको छ।
लगातार दोस्रो हार बेहोरेको हैटी भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ। अब ब्राजिलले अन्तिम समूह खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
